शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत
विदुर खबर
२०७८ जेठ ११ गते १५:२४

नुवाकोट । शिखर इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ता बोनस शेयर नेप्से सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २७.७८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर कम्पनीले नेप्सेमा सूचीकृत भएको हो ।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । शेयरधनीलाई २७.७८ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया