नुवाकोटमा कोरोनाबाट थप दुईजनाको मृत्यु

विदुर खबर २०७८ जेठ १० गते १७:२५
corona dead

नुवाकोट । नुवाकोटमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

कोरोना भाइरसबाट सोमबार दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का ७२ वर्षीय महिलाको मृत्यु भएको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ । उनको सोमवार मृत्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यसैगरी रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको त्रिशूली अस्पतालले जनाएको छ ।

Advertisement

नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ जना पुगेको छ । नुवाकोटमा एकहजार ७९ जना सक्रिय संक्रमित पुगेका छन।

Advertisement

प्रतिक्रिया