आइसोलेसन केन्द्रलाई पन्डित परिवारको २ थान अक्सिजन मेसिन
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको स्वर्गीय रामप्रसाद पण्डितको सम्झनामा परिवारबाट गाउँपालिकाको वडा नं ४ मा सन्चालित आइसोलेसन केन्द्रलाई अक्सिजन मेसिन प्रदान गरिएको छ ।
स्वर्गीय रामप्रसाद पण्डितको सम्झनामा गोविन्द प्रसाद शर्मा पण्डित, माधबप्रसाद शर्मा पण्डित र बद्रीप्रसाद शर्मा पण्डित एवम् परिवारको तर्फबाट खरिद गरिएको २ थान विद्युतिय अक्सिजन मेसिन आइसोलेसन केन्द्रलाई प्रदान गरेको स्वर्गीय पण्डितको परिवारले बताएका छन् ।
पछिल्लो समयमा देशव्यापी रूपमा फैलिरहेको कोरोना महामारी नुवाकोटको तारकेश्वर गाउँपालिकामा पनि तिव्र गतिमा बढीरहेकोले गाउँबासीको जीवन रक्षार्थ अक्सिजन मेसिन प्रदान गरेको स्वर्गीय पण्डितको एक छोराले जानकारी दिए ।
तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्तीको उपस्थितिमा गाउँपालिकाको वडा नं ४ को आईसोलेशन केन्द्रलाई प्रदान गरिएको अक्सिजन मेसिन कोभिड १९ पछि स्वास्थ्य चौकी बुधसिङमा रहने गरि हस्तान्तरण गरिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया