रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घट्यो

विदुर खबर २०७८ जेठ ९ गते ६:१४

रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।

Advertisement

विगत केहीदिन यता कोरोना संक्रमितको संख्या केही बढेको भएपनि निको हुनेको संख्या पनि घट्दै जान थालेको छ । जिल्लामा शुक्रबार ५२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या ३ सय ५८ पुगेको छ ।

जिल्लामा हाल १ सय ५५ जना संक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १२, कालिकामा ८५, उत्तरगयामा ९ र आमाछोदिङ्‍मोमा ४९ रहेका छन् । संक्रमितहरूमध्ये ९ जना संस्थागत र १ सय ४६ जना होम आइसोलेसनमा बसेका छन् ।

Advertisement

रसुवामा हालसम्म ४ सय ८५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ३ सय ५८ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार २ सय ७४ वटा स्वाव संकलन गरिएकोमा १ हजार ७ सय ८४ नेगेटिभ र ४ सय ८५ पोजेटिभ आएको थियो ।

प्रतिक्रिया