सो त्रिकोणात्मक सिरिजमा नेपालले ओमानसँग हार्दा अमेरिकासँगको दुवै खेलमा भने जित हासिल गरेको थियो। नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ।
नेपालले ‘त्रिकोणात्मक सिरिज’ खेल्ने सम्भावना बढ्यो
नुवाकोट । नेपालले त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने सम्भावना बढेको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाबीच त्रिकोणात्मक सिरिज हुने भएको हो। उक्त सिरिज स्पेनमा हुने सम्भावना उच्च रहेको रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पुष्टि गरेका हुन्।
नेपालमा अहिले क्रिकेट गतिविधि ठप्प रहेको छ। दोस्रो चरणको कोराना फाइरस नेपालमा पनि तीव्र रूपमा फैलिएकाले क्यानले क्रिकेट गतिविधि रोकेको हो।
गत वैशाखमा नेपालले घरेलु मैदान त्रिविमा नेदरल्याण्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो। जसको उपाधि पनि नेपालले नै हात पारेको थियो।
क्यानका अध्यक्ष चन्दका अनुसार स्कटल्याण्डमा हुने वानडे सिरिज जुलाई तेस्रो साता स्पेनमा आयोजना हुने सम्भावना बढी छ। सिरिजबारे अबको एक साताभित्रमा टुंग्गो लाग्ने सम्भावना रहेको छ।
आईसीसी र स्कटल्याण्ड यो सिरिजका लागि हालसम्म सकारात्मक नै छन्। आईसीसी विश्वकप लिग–२ एकदिवसिय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरीसम्म चल्ने छ।
सन् २०१९ देखि सुरु भएको विश्वकप लिग–२ सिरिजअन्तर्गत नेपालले हालसम्म एउटा मात्र सिरिज मात्र खेलेको छ। नेपालले २०२० मा ओमान र अमेरिकासँग सिरिज खेलेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया