सुन र चाँदी दुबैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?
विदुर खबर
२०७८ जेठ ७ गते १२:१०

नुवाकोट । शुक्रबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन बिहहीबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा झरेको छ। अघिल्ले दिन बिहीबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो।
Advertisement
सम्बन्धित
प्रतिक्रिया