संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैँका लागि बन्द’

नुवाकोट । डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ ।
कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ ।
कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैँका लागि बन्द भएका छन् ।
काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए ।
सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो ।
सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटेल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’
सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटेल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया