नुवाकोटमा आज थप १९६ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट । नुवाकोटमा आज थप एकसय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्रिशुली अस्पतालमा गरिएको पिसिआर संकलनमा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालमा पछिल्लो २४ घण्टामा ४ सय १८ जनाको पिसिआर परिक्षण गर्दा एकसय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै २ सय २२ जनाको रिर्पाेट नेगेटिभ आएको त्रिशुली अस्पतालले जनाएको छ ।
जिल्लामा भेटिएका संक्रमितहरुमध्ये नुवाकोटका एकसय ७ जना रहेका छन् भने धादिङका ७८ जना र रसुवाका ११ जना रहेका छन् ।
त्रिशुली अस्पतालमा अनुसार आज भेटिएका संक्रमितहरुमध्ये त्रिशुली थ्रि बिका ३४ जना,शिवप्री गाउँपालिकाका २७ जना,बेलकोटगढी नगरपालिकाका १९ जना र दप्चेश्वर गाउँपालिकाका १० जना रहेका छन् ।
यस्तै त्रिशुली अस्पतालमा ८ जना,स्वास्थ्य कार्यालय नुवाकोटमा ६ जना, ककनी र सुर्यगढी गाउँपालिकाका समान २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी गराएको छ ।
प्रतिक्रिया