नुवाकोटमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
नुवाकोट । कोरोनाबाट मंगलबार मात्र दुई जनाको मृत्यु भएको छ ।
सूर्यगढी गाउँपालिका–३ की ३२ वर्षीया महिलाको मंगलबार दिउँसो पौने एक बजे मृत्यु भएको त्रिशूली अस्पतालले जनाएको छ । उनी शुक्रबार अस्पताल भर्ना भइ भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासन अधिकृत देवराज पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, मंगलबार बिहान ७ बजे किस्पाङ गाउँपालिका–५ की ४२ वर्षीया एक महिलाको मृत्यु भएको छ । उनी शुक्रबार त्रिशूली अस्पतालमा भेन्टिलेटरमा राखेर उपचाररत् थिइन् ।
बिहीबार त्रिशूली अस्पताल भर्ना भएका धादिङ निलकण्ठनगरपालिका–११ का ५५ वर्षीय पुरुषको सोमबार राति निधन भएको छ । उनलाई भेन्टिलेटरसहितको कक्षमा राखेर उपचार हुँदै गर्दा सोमबार सवा १० बजे मृत्यु भएको त्रिशूली अस्पतालका प्रशासन अधिकृत पोखरेल जनाएका छन् ।
नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । ८ सय १ जना सक्रिय संक्रमित छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया