रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८१ पुग्यो
विदुर खबर
२०७८ वैशाख ३१ गते १०:१७
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८१ पुगेको छ ।
बुधबार ११ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या १ सय ८१ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ३०, कालिकामा ७८, उत्तरगयामा १५, नौकुण्डमा ४२, आमाछोदिङ्मोमा ११ र बाहिरी जिल्लाका ५ जना रहेका छन् । संक्रमितहरूमध्ये १२ जना संस्थागत र १ सय ६१ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ३ सय ५८ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ सय ८८ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार १ सय ५ वटा स्वाव संकलन गरिएकोमा १ हजार ७ सय ४ नेगेटिभ र ३ सय ५८ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया