कोरोना संक्रमणबाट दाङमा एकै परिवारका तीनको मृत्यु

विदुर खबर २०७८ वैशाख ३१ गते १०:०१
सूचक फोटो

नुवाकोट । दाङको गढवा गाउँपालिका–४ स्थित एक घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Advertisement

मुस्लिम समुदायका ५३ वर्षीय अब्दुल कलामको मृत्यु भएपछि उनको अन्तिम संस्कारमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन नसक्दा थप दुई जनाको मृत्यु भएको पाइएको छ । अब्दुलको मृत्युपछि उनका भाइ ४१ वर्षीय मोहमद उमरले धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरेको जानकारी दिँदै दाङ क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले त्यसकै कारण उनको पनि संक्रमण भएर मृत्यु भएको बताउनुभयो ।

उमरको मृत्यु भएपछि उनका छोरा २८ वर्षीय मोहमद रज्जाकले पनि धार्मिक संस्कारअनुसार बुबाको अन्त्येष्टि गरे । ‘उनी पनि संक्रमित भएको खबर पाएपछि तत्काल कोरोना अस्पताल बेलझुण्डी पठाइएको थियो तर विडम्बनाको उनको पनि त्यही निधन भयो ।’ –प्रदेशसभा सदस्य थारूले भन्नुभयो ।कोरोना संक्रमणका कारण दुई दाजुभाइको मृत्यु भएपछि एकमात्र छोरा रज्जाकलाई बचाउन धेरै प्रयास गरे पनि नसकिएको उहाँले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा नियमित जाँच नभए पनि कोरोना संक्रमण पुष्टि भइसकेपछि पनि मृतकको अन्त्येष्टिमा सतर्कता अपनाउन नसक्दा यस्तो दुर्घटना भएको प्रदेशसभा सदस्य थारूले बताउनुभयो ।

Advertisement

कोरोना संक्रमणको आशंका देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइएको र कोरोना पोजेटिभ देखिएपछि कलामको मृत्यु भएको गढवा–४ का वडाध्यक्ष गुलाम मोहमद जागा मुसलमानले जानकारी दिनुभयो । ‘आफ्नो अवस्था सामान्य रहेको उनको हेरचाहमा बसेका छोरालाई कलामले घर पठाउँदै थिए । त्यही बेला कलामको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उहाँको ५ मिनेटभित्रै मृत्यु भयो ।’ –उहाँले भन्नुभयो ।प्रदेशसभा सदस्य चौधरीका अनुसार मृत्युपछि कलामको शव वडाध्यक्ष मुसलमानकै पहलमा गाउँमा लगिएको थियो ।

उनको शव भाइले धार्मिक परम्पराअनुसार उनको गाउँकै कवरस्थानमा अन्त्येष्टि गरेका थिए । अन्त्येष्टि गरी फर्केपछि भाइ उमर बिरामी परेको पत्थरगढवाकै क्लिनिकमा सामान्य उपचारपछि लमही आइसोलेनमा लगिएको स्थानीयले बताए । त्यहीबाटै बाबुछोरा दुवै बिरामी पर्दा बचाउन नसकिएको स्थानीयकोे भनाइ छ ।

Advertisement

प्रतिक्रिया