‘माधव नेपालले धोका दिए’ : प्रचण्ड
नुवाकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाएका छन्।
वरिष्ठ नेता नेपाल पक्ष सांसद पदबाट राजीनामा लागि तयार नहुने भएपछि बिहीबार बसेको माओवादी स्थायी समिति बैठकमा दाहालले यस्तो ‘ब्रिफीङ’ गरेको स्रोतले जानकारी दिएको छ। “यसपटक पनि उहाँ प्राविधिक कुरामा अल्झिनुभयो, बोल्ड राजनीतिक निर्णय गर्न सक्नु भएन,” वैठकमा दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
अध्यक्ष दाहालले ‘धोका’ नै भन्ने शब्द प्रयोग नगरे पनि ब्रिफीङको सार भने त्यही भएको स्रोतले जानकारी दिएको छ।अपरान्ह ३ बजे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि दाहालले बैठक आयोजना गरेका थिए।दाहालका अनुसार, बिहानसम्म पनि नेपालले सबैले नदिए पनि ५-७ जनाले भए पनि राजीनामा दिने भनेका थिए।
माओवादी स्थायी समिति सदस्य गणेश शाह भने बैठकमा समसामयिक राजनीति, कोभिड-१९ बारे छलफल भएको, कसैको नाम लिएर आलोचना नभएको बताउँछन्। उनी भन्छन्, “अध्यक्षज्यूले कसैको नाम त उल्लेख गर्नु भएन, तर मेरो विचारमा माधवजीहरूको यो निर्णयले कम्युनिष्ट आन्दोलन विरोधीहरूलाई नै फाइदा पुग्छ जस्तो लाग्छ।”
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया