कोरोनाबाट मृत्यु हुनेमा झण्डै ६० प्रतिशत ज्येष्ठ नागरिक
विदुर खबर
२०७८ वैशाख २८ गते २०:४६
नुवाकोट । नेपालमा मंगलबार एकैदिन २२५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ ।
जसमध्ये सबैभन्दा बढी मृत्यु हुनेमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् । यो संख्या कुल मृतक संख्याको ५८.३९ प्रतिशत हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्ष भन्दा माथि उमेर समूहका २३८५ जनाको मृत्यु भएको छ । ५०–५९ वर्ष उमेर समूहका ७१७ जनाको मृत्यु हुँदा ४०–४९ वर्ष उमेर समूहका ५१४ छन् ।
३०–३९ वर्ष उमेर समूहका २९७, २०–२९ वर्ष उमेर समूहका ११८, १०–१९ वर्ष उमेर समूहका २६ र ९ वर्षमुनिका २७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया