मध्य भोटेकोशीको आईपीओ स्थगित
विदुर खबर
२०७८ वैशाख २३ गते १६:५७
नुवाकोट । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ स्थगित भएको छ।
मध्यभोटेकोशीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीका अनुसार सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई उक्त आईपीओ स्थगित गरिएको हो। यसको जानकारी धितोपत्र बोर्डलाइ समेत गराएको र बोर्डले पनि स्विकृति दिएपश्चात आइपीओ स्थगित गरिएको उनले बताए।
“सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई आइपीओ निश्काशन बन्द गर्ने निर्णय गरेका छौ।” सिवाकोटीले मेरो लगानीसँग भने “लकडाउन खुलेपछि आइपीओ बिक्री पुन खुल्ला गरिने छ।”
बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले पनि आइपीओ हाललाई स्थगित गरिएको जनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया