देशभर वर्षा, भोलिसम्म मौसम नखुल्ने
विदुर खबर
२०७८ वैशाख २२ गते ८:३५

नुवाकोट । अहिले वाग्मती र सुदूरपच्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पनि काठमाण्डौसहित देशभर पानी परेको थियो । काठमाण्डौ र आसपासका क्षेत्रमा अहिले पानी पर्न रोकिएको तर केहीबेरमै फेरि पानी पर्ने प्रणाली सक्रिय भइरहेको महाशाखाकी मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो ।
भोलिसम्म नै मौसम बद्ली भएर पानी पर्ने र मौसम खुल्ने सम्भावना नरहेको मौसमविद् बासीको भनाइ छ । आज दिउँसोपछि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया