नुवाकोटमा भोलिदेखि निषेधाज्ञा
नुवाकोट । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले भोलि विहान ४ बजेदेखि बैशाख २७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ।
कोरोना संक्रमणको जोखिम रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जिल्लामा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रमण रोग ऐन २०२० को दफा २ बमोजिमको अधिकार प्रयोग गरि केन्द्रको बैठकले वैशाख २१ गते बिहान ४ बजेदेखि वैशाख २७ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरेको छ ।
निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद जस्ता अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह समेत गरिएको छ । जिल्लाबाहिरबाट प्रवेश गरेकाहरु अनिवार्य स्थानीय तहले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ ।
साथै विवाह, ब्रतबन्धको लागि बढीमा १५ जना हुने गरी स्वास्थ्य मापदण्ड पालना गरि प्रशासनको अनुमति लिनुपर्ने भनिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया