नुवाकोटमा लकडाउन गर्ने विषयमा सरोकारवालाहरुवीच छलफल हुदै

विदुर खबर २०७८ वैशाख १९ गते १५:१७

नुवाकोट । नुवाकोटमा लकडाउन गर्ने विषयमा सरोकारवालाहरुविचको छलफल सुरु भएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालयमा जारी छलफलले नुवाकोटमा लकडाउन गर्ने विषयमा सरोकारवालाहरुको बैठक बसीरहेको हो ।

पछिल्लो दिनयता नुवाकोटमा दैनिक दुइदर्जन भन्दा बढि व्यक्तिमा कोरोना संक्रमण देखिएपछि नुवाकोट प्रशासनले लकडाउन बारे निर्णय गर्न लागेको हो ।

Advertisement

हाल नुवाकोटमा कोरोनाको सक्रिय संक्रमितको संख्या एकसय 85 पुगेको छ ।

सरकारले पहाडि जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या दुईसय भन्दा बढि भएमा प्रमुख जिल्ला अधिकारीले लकडाउनको घोषणा गर्न सक्ने बताएको छ ।

Advertisement

प्रतिक्रिया