त्रिशुली अस्पतालमा एकैदिन भेटिए एकसय ३७ जना कोरोना संक्रमित
विदुर खबर
२०७८ वैशाख १८ गते १९:०८
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा एकैदिन एकसय ३७ जना कोरोना संक्रमित भेटिएका छन् ।
आज (शनिवार) त्रिशुली अस्पतालमा एकसय ६६ जनाको पिसिआर परिक्षण गर्दा एकसय ३७ जनामा कोरोना संकमण देखिएको त्रिशुली अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार आज भेटिएका संक्रमितहरुमध्ये एकसय ६ जना धादिङका र ३१ जना नुवाकोटका रहेका छन् ।
आज नुवाकोटमा देखिएको नयाँ संक्रमित ३१ सहित नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको छ ।
नेपाल सरकारको २०७८ वैशाख ८ गतेको मन्त्रिपरिषदको बैठकले संक्रामक रोग ऐन २०२० अन्ुसार २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएमा स्थानिय प्रशासनले निषेधाज्ञा आदेश गर्न सक्ने प्रावधान छ ।
Advertisement
नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ९९ पुगेसँगै नुवाकोट प्रशासनले एक दुई दिनभित्र लकडाउनको घोषणा गर्ने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया