विदुर नगरपालिकाका १७ जनामा कोरोना पुष्टि

विदुर खबर २०७८ वैशाख १६ गते १७:४७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकमा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३७ जनाको पिसिआर परिक्षण हुँदा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना लागेकाहरुमा विदुर नगरपालिकाका ९ पुरुष र ८ महिलासहित १७ जना, बेलकोटगढी नगरपालिकाका २ महिलासहित ३ जना,किस्पाङ गाउँपालिकाका २ पुरुष, लिख् गाउँपालिकाका एक पुरुष रहेका छन् ।

यस्तै शिवपुरी गाउँपालिका, तारकेश्व गाउँपालिका र सुर्यगढी गाउँपालिकामा समान एक ÷एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय ७७ पुगेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या एकसय ५ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यस्र्तै जिल्लाका ११ सय ७० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

हालसम्म नुवाकोटमा १० हजार एकसय ७७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नु्वाकोटले जनाएको छ ।

कोरोना संक्रमणको कारण नुवाकोटमा २ बृद्धाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया