नुवाकोटमा एकैदिन ४४ जना कोरोना संक्रमित भेटिए

विदुर खबर २०७८ वैशाख १६ गते ६:४३

नुवाकोट । नुवाकोटमा एकैदिन ४४ जना कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

त्रिशुली अस्पतालले बुधवार गरेको पिसिआर परिक्षणमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले ५५ जनाको पिसिआर परिक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्रिशुली अस्पतालका अनुसार संक्रमितमध्ये ७ जना धादिङको निलकन्ठ नगरपालिकाका र एक जना रसुवाका रहेका छन् । बाँकी ३६ जना नुवाकोटको रहेका छन् ।

Advertisement

प्रतिक्रिया