केशव पाण्डेको रुपमा चारवर्षपछि नुवाकोटे नेताले मन्त्रि पद पाए
नुवाकोट । ४ वर्षपछि नुवाकोटे नेताहरुले मन्त्रि पद पाएका छन् ।
मन्त्रिपद पाउनेमा नेकपा एमालेका बाग्मति प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डे रहेका छन् । केन्द्र र बाग्मति प्रदेशमा नेकपा र कांग्रेसका एक दर्जन नेताहरुले प्रतिनिधिसभा र प्रदेशभामा उपस्थित जनाएपनि केशव पाण्डेले ४ वर्षपछि नुवाकोटको तर्फबाट एकमात्र मन्त्रि बन्ने अवसर पाएका हुन् ।
बाग्मति प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलले आज मन्त्रिपरिषद विस्तार गर्दे पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री नियुत्त गरेका हुन् ।
नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश क बाट बाग्मति प्रदेशमा प्रतिनिधित्व गरेका यसअघि पनि मन्त्रि बन्ने चर्चा चलेको थियो ।
तत्कालिन नेकपाको एकता सर्वाेच्च अदालतले खारेज गरेसँगै बाग्मति प्रदेशमा एमालेको एकल बहुमत रहेको छ । पाण्डे प्रधानमन्त्रि केपी शर्मा ओलिका नजिकका पात्र हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया