बगमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन,नुवाकोटका केशव पाण्डे मन्त्रि बन्दै
नुवाकोट । मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रिवपरिषद् पुनर्गठन गरेका छन् ।
उनले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको स्रोतले जानकारी दिएको छ । मन्त्री बन्नेमा नेकपा बाग्मति प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डे, सरेश नेपाल, चन्द्र लामा र सरस्वती बस्नेत रहेका छन् । पाण्डे नुवाकोट, नेपाल सिन्धुपाल्चोक, लामा काभ्रे र बस्नेत दोलखाका रहेका छन् ।
राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी, प्रदीप कटुवाल, जुनेली श्रेष्ठ लगायत रहेका छन् । अधिकारी धादिङ, कटुवाल सिन्धुली र श्रेष्ठ काठमाडौँको रहेका छन् । तीन वर्ष पुगेका सबै मन्त्राीलाइ मन्त्रिपरिषद्बाट विदा दिने निर्णय भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले नविनयुक्त मन्त्रीहरूको सपथ गराउनुहुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्री र राज्यमन्त्रीमा नियुक्त सबैलाइ बिहान १० बजे नै हेटौँडा बोलाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया