सेयर बजारमा ‘बाउन्स ब्याक’, एकैदिन ९२ अंकको वृद्धि

नुवाकोट । अघिल्ला दुई दिन १४० अंकले झरेको सेयर बजार परिसूचक नेप्से आज ‘बाउन्स ब्याक’ भएको छ ।
मंगलबार एकैदिन ९२ अंकले नेप्से बढ्यो । आइतबार नेप्से ७५ अंकले ओर्लिएको थियो भने सोमबार ६५ अंकले झरेको थियो । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०८ अंकमा पुग्यो । यसदिन कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै नेप्से उच्च अंकले बढेको हो । जीवन बीमा र निर्जीवन बिमा समूहमा ५०० अंक बढीको वृद्धि भयो ।
जीवन बिमा समूह सबैभन्दा उच्च ५५८ अंकले बढ्दा निर्जीवन बिमा समूह पनि ५४३ अंकले बढ्यो ।यस्तै, उत्पादनमूलक समूह २३९ अंकले बढेका दिन लघुवित्त समूहमा पनि २३७ अंकले बढ्यो । जलविद्युत् समूह १५० अंकले बढ्यो । अन्य समूह ६९ अंकले उक्लिदा वाणिज्य बैंक समूह पनि ४५ अंकले बढ्यो ।
यसदिन २१६ कम्पनीको १ करोड २ लाख कित्ता सेयर ५ अर्ब १० करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया