नुवाकोटको पन्चकन्यामा पहिरोले दुई घर बगायो
विदुर खबर
२०७५ साउन १३ गते १५:२७
नुवाकोट, नुवाकोटको पन्चकन्या गाउँपालिकामा आइतबार आएको पहिरोले २ घर बगाएको छ ।
पञ्चकन्या गाउँपालिका–२ कविलासका हर्कबहादुर थापा र रुद्रबहादुर थापाको घर पहिराले भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिराले दुई घर भत्काउँदा लाखौंँको क्षति भएको छ ।
भूकम्पपछि पुनःनिर्माण गरिएको घर पहिराले पूर्ण रुपमा क्षति पु¥याएको पञ्चकन्या – २ का वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले जानकारी दिनुभयो । केही दिन पहिले आएको पहिरो डोजरले हटाइए पनि पुनः गए राति पहिरो आएपछि घर बस्नै नमिल्ने गरी भत्किएको वडाध्यक्ष मिश्रले बताउनुभयो ।
पहिरो पीडित थापाद्वय छिमेकीको शरणमा बसेका छन् । पहिराबाट मानवीय क्षति र पशुचौपायामा क्षति नपुगे पनि घरमा रहेको खाद्यान्नलगायत सामग्रीमा भने क्षति पुगेको प्रहरीले जनाएको छ । रासस
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया