नेपाललाई त्रिदेशीय टी-२० क्रिकेटकाे उपाधि

विदुर खबर २०७८ वैशाख ११ गते १६:३७

नुवाकोट । नेपालले त्रिदेशीय टी-२० क्रिकेट सिरिज हात पारेकाे छ। शनिबार भएकाे फाइनल खेलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै  नेपालले उपाधि रक्षा गरेकाे हाे।

Advertisement

नेपालले दिएकाे २३९ रनकाे बिशाल लक्ष्य पछ्याएकाे नेदरल्याण्ड्सले १७.२ ओभरमा १० विकेट गुमाउँदै ९६ रनमै समेटियाे। नेदरल्याण्ड्सका लागि सेबस्टियान ब्राटले  २२ रन बनाए।

यस्तै, म्याक्स ओडिवडले २० रन बनाए। उनले १९ बलमा २ चाैका र १ छक्का प्रहार गरे। कप्तान पिटार सिलार १२ बबलमा २ चाैकासहित १३ रनमा आउट भए भने अन्यले दाेहाेराे अंक छुन सकेनन्।

Advertisement

नेपालका लागि करण केसीले ३ विकेट लिए। यस्तै कमलसिंह ऐरी र सन्दीप लामिछानेले २/२ विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाले पूरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २ सय ३८ रन जोड्यो।

Advertisement

नेपालका लागि दुई व्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेलेका थिए। कुशल भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७७ रन जोड्दा कुशल मल्ल २४ बलमा २ चौका र ५ छक्कासहित ५० रनमा अविजित रहे।

त्यस्तै, दिपेन्द्र सिंह ऐरी १८ बलमा ५ चौका र ३ छक्कासहित ४८ रन बनाएर अविजित रहे। 

प्रतिक्रिया