नुवाकोटमा ७ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ वैशाख १० गते १५:२०

नुवाकोट । नुवाकोटमा थप ७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २८ जनाको पिसिआर परिक्षण हुँदा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा भेटिएकामध्ये ४ जना पुरुष र ३ जना महिला रहेका छन् । संक्रमितमध्ये ५ जना विदुर नगरपालिकाका, बेलकोटगढी नगरपालिका र लिखु गाउँपालिकाका समान एक जना रहेका छन् ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार २ सय २६ पुगेको छ । यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । उनीहरुमध्ये ६६ जना होम आइसोलेसनमा र १० जना अस्पतालमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका २ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगे जिल्लामा कोरोनमुत्त भएर घर फर्कनेको संख्या ११ सय ४९ पुगेको छ ।

Advertisement

नुवाकोटमा कोरोनाको कारण एक महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया