नुवाकोटको महादेवफाँटमा प्रभु बैंकको शाखा

विदुर खबर २०७८ वैशाख ८ गते १६:३४

नुवाकोट। प्रभु बैंक लिमिटेडले आप्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि नुवाकोटको वेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा २१४ औँ शाखा सञ्चालनमा ल्याएको छ। 

Advertisement

बैंकको महादेवफाँट शाखा कार्यालयको उद्घाटन बागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरेका छन्। पाण्डेले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर

आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए। उनले प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उल्लेख गर्दै सफलताको शुभकामना व्यतm गरे। 

Advertisement

महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ। य

सका साथै स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा बैंकले विश्वस्त रहेको छ। 

Advertisement

प्रतिक्रिया