नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
विदुर खबर
२०७८ वैशाख ६ गते १६:५०
नुवाकोट । पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१ जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया