नुवाकोटको पर्यटकीय क्षेत्रको अवलोकन गरि फर्किए प्रदेश २ का प्रमुख अहिराज
नुवाकोट । प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन् ।
मनाङ, कास्कीको पोखरा, गोर्खा दरवार हुँदै नुवाकोट दरवार परिसरसम्म पुगेका अहिराजले शनिबार नुवाकोट दरवारको अवलोकन तथा देबि भैरबी मन्दिरको दर्शन समेत गरे । त्यस्तै दरवार नजिक रहेको एडभेण्चर प्रालीले संचालमा ल्याएको जिपलाइनको अवलोकन गर्नुको साथै जिपलाइन चढेर मज्जा लिए ।
जिपलाइनमा यात्रा गर्दा रमाइलो लागेको र जिपलाइनले आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढाउनुको साथै जिल्ला र स्थानको परिचयमा अझ बढावा दिएको बताए ।
अवलोकनका क्रममा अहिराजले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घरबास (होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताए । उनले यो क्षेत्र पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोही अनुरुप विकास गर्न सुझाब समेत दिए।
गोर्खा दरवार परिसर अवलोकन गरि पृथ्वीनारायण शाहको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । सो क्रममा उनी देश निर्माणका परिकल्पनाकार र नेपाल स्थापना गर्न पुर्याएको योगदानका आधारमा अझै पनि पृथ्वीनारायण शाहप्रति उच्च सम्मान गर्नुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया