फेरि बढ्दै कोरोना संक्रमण, निगरानी र तयारी तीव्र पार्न विज्ञकाे सुझाव
नुवाकोट । ‘कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगो जस्तै सल्किँदै गएको मान्न सकिन्छ।’सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले सामाजिक सञ्जालमा लेखेको कुरा हो यो। उनले उल्लेख गरेका यी विषयलाई सामान्य रुपमा लिन सकिँदैन। उनले भनेझै कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियन्ट) बढी संक्रामक रहेको भन्ने आधार प्रशस्त छन्।
नेपालमा दैनिक उकालो लाग्दै गरेको कोरोना संक्रमितको तथ्यांक यसलाई पुष्टि गर्न काफी छ। चैत २० गतेदेखि हालसम्मको तथ्यांक हेर्ने हो भने २ हजार २ सय ६४ जना संक्रमित भेटिएका छन्। चैत २३ गतेदेखि कोरोना संक्रमितको संख्या २ सय माथि नाघेको देखिन्छ। चैत २६ गतेबाट यो संख्या बढ्दै संक्रमितको संख्या ३ सय माथि पुगेको छ।
संक्रमितको संख्या दैनिक उकालो लागिरहँदा पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन। हाल पनि ३/४ हजारको हाराहारीमा मात्र पिसिआर परीक्षण हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।
‘सरकारले निगरानी र तयारी दुवै बढाउनुपर्छ’
नेपालमा कोरोनाको दोस्रो लहर सुरु भइसकेको विज्ञहरु बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल सिकिस्त संक्रमितको संख्या बढ्दै गएको डा बास्तोलाले बताए। सिकिस्त बिरामीको चाप यही गतिमा बढे केही साताभित्र मृत्युदर बढ्ने उनको अनुमान छ।
‘टेकु अस्पतालमा सिकिस्त बिरामीहरुको संख्या बढ्दो छ,’ डा बास्तोला भन्छन्, ‘यही गतिमा चाप बढ्ने हो भने मृत्युदर पनि बढ्न सक्छ।’
सुरक्षा मापदण्डको पालनामा कुनै पनि किसिमको हेलचक्र्याइ गर्न नहुने उनले बताए। सरकारले अझै व्यवस्थित र योजनावद्ध तयारी गर्नुपर्नेमा उनको जोड छ।
अर्का सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन दैनिक बढ्दै गएको संक्रमितको संख्यालाई सामान्य रुपमा लिन नसकिने बताउँछन्। बाहिर देखिएभन्दा पनि समुदायभित्र अझ बढी संक्रमण फैलिएको हुन सक्ने उनको अनुमान छ। छिमेकी मुलुक भारतमा बढ्दो संक्रमितको संख्या र खुला सिमा नाकाले नेपाल झनै जोखिममा पर्ने गरेको उनी बताउँछन्।
‘विश्वमा अहिले देखिएको नयाँ भेरियन्ट यदी नेपालमा पनि भित्रिएको हो भने संक्रमितको संख्या झनै बढेर जान सक्छ,’ उनले भने।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया