पत्रकार महासंघ नुवाकोटको विवाद : मतपत्र प्रहरी नियन्त्रणमा
नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटमा मतदाताको गोपनियता भंग गर्ने नियतले संकेत नम्बरहरू उल्लेख गरेर मतदान गराइएको मतपत्र केन्द्रीय निर्वाचन समितिको लिखित आग्रह अनुसार प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।
शुक्रबार पत्रकार महासंघको कार्यालयमा पुगेर प्रहरीले मतपेटिका नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेको छ । मतपत्रमा क्रमसंख्या राखेर मतदाताको गोपनियता भंग गर्न योजना बनाउने मतदान अधिकृत उत्तम घिमिरे आफैँ महासंघको कार्यालयमा पुगेर मतपेटीका प्रहरीलाइ बुझाउन सहयोग गरेका छन ।
त्यसअघि पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मौखिक आदेश दिँदा नमानेर मोबाइल स्वीचअफ गरेर लुकेका मतदान अघिकृतहरू जिल्ला प्रशासन मार्फत मतपत्र सुरक्षित साथ काठमाडौँमा उपलब्ध गराइदिन पत्रचार गरेपछि मुख देखाउन महासंघको कार्यालय पुगेका थिए ।
मतपेटिका लिन जिल्ला प्रशासन कार्यालयबाट रमेशजंग पाण्डे र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ललिता ढकालको टोली महासंघको कार्यालयमा पुगेको थियो । प्रहरी भोलि शनिबार पत्रकार महासंघको केन्द्रीय कार्यालयमा केन्द्रीय निर्वाचन समितिलाइ मतपेटीका हस्तान्तरण गर्ने जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका तर्फबाट देवेन्द्र झा, कपिलचन्द्र पोखरेल, हरिप्रसाद राइ र विष्णुमाया भुसालले संयुक्त रूपमा हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटलाइ पत्राचार गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया