बट्टारमा पजेरो दुर्घटना, एकजना सामान्य घाइते
विदुर खबर
२०७७ चैत २७ गते १४:१०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार भिमसेन स्कुलको मोडमा पजेरो दुर्घटना भएको छ ।
काठमाण्डौबाट त्रिशुलीतर्फ आइरहेको ग १ च १३५३ पजेरो सडकको डिभाइडर नजिक रहेको रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
र्दुघटनामा परि एकजना चिनियाँ नागरिक सामान्य घाइते भएको नुवाकोट प्रहरीले जनाएको छ ।
उनी सामान्य उपचारपछि गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया