उपाधिको लागि विदुर नगरपालिका र शिवपुरी गाउँपालिका भिड्दै
विदुर खबर
२०७७ चैत २५ गते ८:२०
नुवाकोट । शिवपुरी गाउँपालिका सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि विदुर नगरपालिका र शिवपुरी गाउँपालिका भिड्ने भएका छन्
आज हुने फाईनलमा दुवै टोली उच्च मनोवलका साथ मैदानमा उत्रदै छन् । विदुर नगरपालिकाले सेमिफाईनलमा किस्पाङ गाउँपालिकालाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने सुर्यगढी गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै शिवपुरी गाउँपालिका फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् ।
आगामी चैत्र २५ गतेसम्म संचालन हुने प्रतियोगितामा नुवाकोटकोे १२ स्थानिय तहको सहभागिता रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया