चिन्नल राईको नेतृत्वमा राप्रपा लिखु गाउँपालिकाको कार्यसमिति गठन

विदुर खबर २०७७ चैत २१ गते २१:४५

नुवाकोट । चिन्नल राईको नेतृत्वमा रााष्ट्रिय प्रजातन्त्र पार्टीको लिख् गाउँपालिकाको कार्यसमिति गठन गरिएको छ ।

Advertisement

शनिवार लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा भएको लिखु गाउँपालिकाको अधिबेशनले राईको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा धुव्रप्रसाद धिताल, सावित्री पन्त र वावुराम राई रहेका छन् भने सचिवमा गुणवहादुर पौडेल सहसचिव मा राजेन्द्र रार्इ र कोषाध्यक्षमा पुष्प न्यौपाने रहेका छन् ।

Advertisement

समितिको सदस्यहरुमा सुरज खतिवडा, विमल थापा, दिपक थापा, मध्सुदन रिसाल, जनकराज पाठक, विक्रम पाण्डे, राधा थपलिया, प्रशान्त नेपाली, जीवप्रसाद लामिछाने, दुर्गा ढकाल रहेका छन् ।

त्यस्तै समितिका अन्य सदस्यहरुमा खुलवहादुर थापा, भगवान राई, रामकुमार राई , पदमा कुमारी मल्ल, शिव राई,धुव्र कुमार राई , पदम वहादुर राई, प्रल्हाद ओझा, विष्णु प्रसाद पाठक र आनन्द रिमाल रहेका छन् ।

Advertisement

निर्वाचित कार्य समितिलाई पार्टीका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।

यसअघि अस्तित्वमा रहेका ३ राप्रपाका पार्टीहरु एक भएसँगै जिल्लाको विभिन्न स्थानिय तहमा अधिवेशसन मार्फत नयाँ नेतृत्व चयन हुन थालेको छ ।

प्रतिक्रिया