भोलिदेखि तुवाँलो हट्दै जाने
नुवाकोट । नुवाकोटसहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि कम हुँदै जाने मौसमविद्ले बताएका छन् ।
भोलिदेखि हावाको गति बढ्ने भएकाले तुवाँलो क्रमशः हट्दै जाने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । तुवाँलो हट्न कि पानी पर्नुपर्ने कि तीव्र गतिमा हावा चल्नुपर्ने हुन्छ ।
भोलि हल्का पानी पर्ने सम्भावनासँगै हावाको गति पनि बढ्न सक्ने भएकाले यही हावाले तुवाँलो हट्दै जाने मौसमविद् अर्यालले बताउनुभयो । केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै चार दिनदेखि नेपाल तथा भारतका केही ठाउँमा लागेको डढेलोको धुवाँले प्रदूषण बढेको छ ।
विशेषगरी प्रदेश- २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा वायु प्रदूषण देखिएको छ । आज काठमाण्डौ, भक्तपुर र ललितपुरसँगै हेटौँडा, सौराहा, पोखरालगायतका क्षेत्रमा प्रदूषण धेरै छ ।
प्रदूषणका कारण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरु बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया