ढुक्क हुँदै ओली, अप्ठेरोमा प्रचण्ड
नुवाकोट । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिनुभएको छ।
सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिनुभएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार टिकाइ राख्नका लागि जसपालाई मात्र साथ लिने पुग्नेछ। त्यसका लागि जसपाको माग सम्बोधन गरेर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओली ढुक्क रहेको ओली निकट एक नेता बताउँछन्। उनी भन्छन् ञमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीले सहजैरुपमा संसद्बाट विश्वासको मत लिनुहुन्छ।
नयाँ सत्ता समीकरणको प्रक्रिया अगाडि बढाउन प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले अनिच्छा देखाएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनमा जानुपर्ने अडानलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौन समर्थन जनाउनुभएको छ।प्रतिनिधिसभा पुनःस्थापित भएको एक महिना बितिसक्दासमेत एमालेबाहेकका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बीचमा नयाँ सत्ता समीकरणका लागि साझा सहमति जुटन सकेको छैन। पछिल्ला दिनमा त तीन दलबीच संवाद नै टुटेको छ।
एमालेबाहेकको नयाँ सरकार गठनका लागि जसपा नै निर्णायक शक्ति देखिएको छ। तर, जसपाभित्र नै कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन सकस परिरहेको छ। आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उद्देश्यले दौडधुपमा लागेको जसपाले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादलाई निरन्तरता दिएको छ। तर, जसपाका अध्यक्षद्वय डा. बाबुराम भद्मराई र उपेन्द्र यादव ओली नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने अडानमा रहेकाले जसपा अर्निणित बन्न पुगेको छ।
प्रधानमन्त्री ओली जसपालाई चित्तबुझ्दो गरी मन्त्रालय भागवण्डा गर्न तयार भए पनि प्रतिनिधिसभा विघटन गर्ने व्यक्तिलाई समर्थन गर्ने÷नगर्ने बहस जसपाभित्र शुरु भएको छ। जसपाका नेता महेन्द्र राय यादवले ठूला दल असफल भएकाले यसपटक जसपाको नेतृत्वमा सरकार गठन गनुपर्ने पक्षमा आफूहरु रहेको बताउनुहुन्छ। यद्यपि उहाँ भन्नुहुन्छ ।सरकारमा जाने भन्दा पनि हामीले उठाउँदै आएको संविधान संशोधनको मुद्दा, जेलमा रहेको बन्दीहरुको रिहाइको कुरा मरुख्य विषय हो।उहाँले संसद् विघटन गर्ने प्रधानमन्त्रीलाई समर्थन गर्दा जनताको बीचमा जान कठिनाइ हुने बताउँदै पार्टीले यस विषयमा छिद्मै निर्णय गर्ने बताउनरुभयो।प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले दिएको समर्थन कायमै राखेकाले अहिलेलाई विश्वासको मत लिनुपर्ने अवस्था छैन। माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा जसपासँग सत्ता गठबन्धन गरेर अगाडि बढ्ने नीतिमा प्रधानमन्त्री ओली रहनुभएको छ। ओली निटक नेता र जसपाका नेताहरुबीचको अनौपचारिक संवाद अहिले पनि चलि नै रहेको जसपाका एक नेताले बताए। एमालेसँग जसपाका अध्यक्ष महन्त ठाकुर, नेता राजेन्द्र महतोलगायतका नेताहरु नियमित छलफलमा छन्।
उता ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्न सभापति देउवामाथि पार्टीभित्रबाट दबाब शुरु भए पनि स्वयं देउवाले इच्छा देखाउनुभएको छैन। आगामी भदौमा हुने पार्टीका महाधिवेशनबाट पुनः सभापति हुने योजनामा रहेका देउवाले आफ्नो नेतृत्वमा सरकारमा जाँदा पार्टीमा आफू कमजोर हुने ठानेर सरकार गठनमा चासो नदिएको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगाएको छ। ती नेताले भन्छन् ञसंसद् विघटन गर्ने प्रधानमन्त्रीलाई जसरी पनि विस्थापित गर्न पार्टीले भूमिका खेल्नुपर्नेमा मौनता देखाउनुले ओलीको कदमलाई देउवाले साथ दिएको घाम जतिकै छल छकांग्रेसका नेता एवं सांसद राजन केसीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउनको विकल्प नरहेको बताउनुहुन्छ। प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापित भएकै दिन राजीनामा दिनुपर्नेमा त्यसो नगरेर ओलीमा नैतिकताको खडेरी देखिएको टिप्पणी गर्दै उहाँ भन्नुहुन्छ+ ञअब पार्टी अलमलमा परेर बस्नु हुँदैन, नयाँ निकासका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया