धादिङमा महिलालाई जिउँदै पुरेर फरार एक्स्काभेटर चालक कञ्चनपुरबाट पक्राउ
नुवाकोट । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालक पक्राउ परेका छन् ।
सडक निर्माणका क्रममा एक्स्काभेटरको ठक्करपछि घाइते भएकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । सीआईबीका अनुसार चालक बुढाथोकीलाई कञ्चनपुरबाट पक्राउ गरिएको हो ।
धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।
ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए । काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।
त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया