ग्रीनलाइफकाे शेयर शुक्रबार सूचीकरण गर्ने तयारी

विदुर खबर २०७७ फागुन २६ गते १९:५७

नुवाकोट । ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेकाे छ।

Advertisement

नेप्सेले शेयर सूचीकरणको लागि दुबै कम्पनीकाे आवश्यक सबै कागजातहरु प्राप्त भइसकेको जनाएको छ। सूचीकरणको लागि प्राप्त कागजहरु अध्ययन गरिरहेको जनाउदै नेप्सेले प्रकृया पुरा भए शुक्रबार भित्रै कम्पनीको शेयर सूचीकृत हुने जनाएको छ।

त्यस अनुसार शुक्रबार शेयर सूचीकृत भएमा आउने आइतबारदेखि कम्पनीको शेयर कारोबारमा खुल्नेछ। ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

Advertisement

प्रतिक्रिया