यसकारण स्लिम एवं तन्दुरुस्त छिन्, दीपिका पादुकोण
बलिउड अभिनेत्री दीपिका पादुकोण जस्तै कसरी बन्ने ? अर्थात उनको जस्तो आकर्षक बडी कसरी पाउने ?
यस किसिमको जिज्ञासालाई धेरैलाई हुनसक्छ । भनिन्छ, दीपिकाको फिटनेसको पछाडि उनको डाइट नै हो । हुन त उनीहरुको जस्तो डाइट चार्ट पच्छ्याउन हाम्रो लागि संभव नहुन सक्छ । शरीरलाई आवश्यक पोषण अनुसार के खाने वा के नखाने भनेर छुट्याउन पनि गाह्रो हुन्छ । यद्यपी यसबाट केहि जानकारी भने लिन सकिन्छ ।
दीपिकाको आहार योजना
दीपिका आफुलाई फिट एन्ड फाइन राख्नका लागि धेरै मिहेनत गरेकी छिन् । उनी नियमित रुपले व्यायाम गर्छिन् । खानपानमा सन्तुलन मिलाउँछन् । कतिपय खानेकुरालाई उनले कटौती गरेकी छिन्, जो स्वस्थयमैत्री छैन ।
नास्ता- दुई वटा अन्डा, कम फ्याट भएको दुध, इडली र डोसा ।
मध्यन्हको खाना- चिया, ग्रिल्ड माछा र ताजा सब्जी
साँझको खाना- नट्स (बदाम लगायत), फिल्टर कफी
रातको खाना- चिया, सब्जी र सलाद
उनी हरेक दुई घण्टामा ताजा फल सेवन गर्छिन् । साथै प्राकृतिक ताजा रस वा नरिवल पानी पिउन रुचाउँछिन् । दीपिका राती ननभेज खानेकुरा खादिनन् । उनलाई डार्क चकलेट धेरै मन पर्छ, जो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
दीपिकाको फिटनेस फर्मुला
दीपिका बिहान ६ बजे उठ्छिन् । फ्रेस भइसकेपछि उनी जगिङ गरेर योग गर्छिन् । त्यसपछि हात मुक्त व्यायाम गर्छिन् । उनलाई योग एकदमै मनपर्छ । हरेक विहान योग गरेकै हुन्छिन् । उनी अनेकन आसन गर्न पोख्त छिन् । दीपिका योग सत्रमा सूर्य नमस्कार, मार्जरी आसन, सर्वागासन, बीरभद्र आसन, गहिरो सास लिने प्राणायाम र ध्यान गर्छिन् ।
यद्यपी दीपिका दौडन रुचाउँदिनन् । बरु, योग सकिएपछि बिहान आधा घण्टा हिँडडुल गर्छिन् ।
दीपिका जिम जान्छिन् । तर, दैनिक रुपमा जिम जाने बानी भने छैन । यसको बदलामा उनी पिलेट्स र हात मुक्त व्यायाममा समय व्यातित गर्छिन् । पिलेट्स र स्ट्रेचिङ व्यायाममा कुनै उपकरणको आवश्यक्ता हुँदैन । यसले शरीर लचिलो हुन्छ ।

मध्यन्हको खाना- चिया, गि्रल्ड माछा र ताजा सब्जी

दीपिकाको फिटनेस मन्त्र
– दीपिकाको फिटनेस मन्त्र हो, ‘फिटनेसलाई आफ्नो जीवनको हिस्सा बनाउनुहोस् ।’
– ताजा, स्वस्थ्य र पोषक तत्वले समृद्ध खाद्य पदार्थ सेवन गरौ ।
– फिटनेसको मतलव स्किनी वा स्लिम हुन मात्र होइन, वास्तवमा यसको अर्थ भित्रैबाट स्वस्थ्य हुनु हो ।
– कसरतले तपाईलाई फिट र स्वस्थ्य राख्छ । यसलाई तपाईको दैनिक दिनचर्याको अभिन्न अंग बनाउनु पर्छ ।
– यदि तपाई जिम जान सक्नुहुन्न भने नृत्यको माध्यामबाट अतिरिक्त क्यालोरी खर्च गर्नुहोस् ।
– सन्तुलित आहार र पर्याप्त निन्द्रका साथ साथ पानी पनि पर्याप्त पिउनुपर्छ । यसले सुगठित र सुन्दर शरीर प्राप्त हुन्छ ।
– दीपिकाको फिटनेस मन्त्र हो, ‘फिटनेसलाई आफ्नो जीवनको हिस्सा बनाउनुहोस् ।’
– ताजा, स्वस्थ्य र पोषक तत्वले समृद्ध खाद्य पदार्थ सेवन गरौं ।
– फिटनेसको मतलव स्किनी वा स्लिम हुन मात्र होइन, वास्तवमा यसको अर्थ भित्रैबाट स्वस्थ्य हुनु हो ।
– कसरतले तपाईलाई फिट र स्वस्थ्य राख्छ । यसलाई तपाईको दैनिक दिनचर्याको अभिन्न अंग बनाउनु पर्छ ।
– यदि तपाई जिम जान सक्नुहुन्न भने नृत्यको माध्यामबाट अतिरिक्त क्यालोरी खर्च गर्नुहोस् ।
– सन्तुलित आहार र पर्याप्त निन्द्रका साथ साथ पानी पनि पर्याप्त पिउनुपर्छ । यसले सुगठित र सुन्दर शरीर प्राप्त हुन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया