रसुवाको ठूलोगाउँमा खोपकेन्द्र भवन निर्माण

विदुर खबर २०७७ फागुन २१ गते २१:१८

रसुवा । ग्रामीण बालबालिकालाई खोप लगाउन सहज पार्ने उद्देश्यले उत्तरगया गाउँपालिका वडा नम्बर ३ ठूलोगाउँमा खोपकेन्द्र भवन निर्माण गरिएको छ ।

Advertisement

स्वास्थ्य संस्था जान आधा घण्टाभन्दा बढी दूरी भएको ग्रामीण बस्तीलाई खोपलगायतका सेवा घर नजिकबाटै सहज पार्ने सरकारको नीतिअनुरूप खोपकेन्द्र निर्माण गरिएको हो ।

ठूलोआँगन आसपास निर्माण गरिएको खोपकेन्द्रले मासिक ३० बालबालिकालाई खोप लगाउन सहज भएको ठूलोगाउँ स्वास्थ्य केन्द्रले जनाएको छ । भवन निर्माणको कूल लागत आठ लाख ३५ हजार रहेको र सोमध्ये गाउँपालिबाट तीन लाख एवं स्थानीय विकास पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसद मोहन आर्चायले पाँच लाख ३५ हजार प्रदान गरेको वडा नं ३ को वडा कार्यालयले जनाएको छ ।

Advertisement

भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय सुनिता गुरुङले निःशुल्क प्रदान गरेकोे स्वास्थ्य केन्द्रले जनाएको छ । खोपकेन्द्र भवनको गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले एक विशेष कार्यक्रमअन्तर्गत उद्घाटन गरेका थिए ।

नवनिर्मित भवनबाट सेवा सञ्चालन भइसकेको स्वास्थ्य केन्द्र प्रमुख कृष्ण भण्डारीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया