नुवाकोटका दिपक चित्रकार बाग्मति प्रदेश फुटवल संघको वरिष्ट उपाध्यक्ष चयन
विदुर खबर
२०७७ फागुन १३ गते २०:५२

नुवाकोट । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बागमती प्रदेश फुटबल संघको तदर्थ समिति गठन गरेको छ ।
एन्फाले राजेन्द्र श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । एन्फाले जनवरी १८ मा बसेको एन्फाको कार्यकारी समितिको बैठकको निर्णय अनुसार तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा दीपक चित्रकार रहेका छन् । यस्तै उपाध्यक्षमा निरज श्रेष्ठ, सहदेव ब्यन्जनकर र मनराज गोदार रहेका छन् । त्यस्तै श्रीकृष्ण कार्की कोषाध्यक्ष,दिवा सागर श्रेष्ठ सह-कोषाध्यक्ष, गोविन्द श्रेष्ठ र दीपेन्द्र ढकाल सचिव रहेका छन् ।
समितिको सदस्यमा लक्षु देवकोटा, बाबुराजा श्रेष्ठ, लवराज ठाकुर, सुदिप राजबाहक, अजब श्रेष्ठ, बाबुकृष्ण महर्जन, किशोर हेक्का, अनिल शाक्य र जीवन लामा रहेका छन्
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया