संसद पुनस्थापना भएपछि नुवाकोटमा प्रचण्ड-माधव समूहको जुलुस
विदुर खबर
२०७७ फागुन १२ गते २०:२५
नुवाकोट । प्रचण्ड-माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नुवाकोटमा विजय जुलुस गरेको छ।
प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसीयालीमा प्रचण्ड-माधव समूहले सदरमुकाम विदुर, दम्की, बट्टार, गङ्गटे, पिपलटार र देवीघाटसम्म विजय जुलुस गरेको छ ।
जुलुसमा संघर्ष समितिका सहभागीहरुले अनुहारमा अविर दलेर र टिका लगाएर उत्सव मनाइरहेका छन्। विजय जुलुसमा जिल्ला कमिटि पार्टी नुवाकोटका अध्यक्ष सांसद हीरानाथ खतिवडा, सांसद नारायणप्रसाद खतिवडा, सांसद हितबहादुर तामाङलगायत सहभागी छन् ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसलापछि प्रचण्ड-माधव पक्षीय नेकपा उत्साहित बनेको छ । खुशियालीमा आज देशभर विजय सभा गर्न जिल्ला र मातहतका कमिटीलाई बिहानै निर्देशन दिइएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया