पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाऊ : उपसभामुख तामाङ

नुवाकोट । बाग्मति प्रदेशका उपसभामुख रााधिका तामाङले पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउनुपर्ने बताएकी छिन् ।
काभ्रेको धुलिखेलमा बाग्मति प्रदेश संचार रजिष्ट्रार कार्यालयको आयोजनामा भएको मल्टिमिडिया तथा अनलाईन पत्रकारिता सम्बन्धी तालिममा बोल्दै बाग्मति प्रदेशकी उपसभामुख तामाङले बताएकी हुन् । उपसभामुख तामाङले पछिल्लो समय संचारजगतमा महिलाहरुको सहभागिता उल्लेख्य रुपमा बढेपनि त्यति धेरै सन्तोषजनक नभएको बताइन् ।
कार्यक्रममा बोल्दै उपसभामुख तामाङले पत्रकारले सही सुचना दिनुपर्ने भन्दै पछिल्लो समय पत्रकारिता क्षेत्रमा कपिपेष्ट मौलाएको बताइन् । उनले पत्रकारहरु सुचना दिँदा हरेक पक्षबाट सुचनाहरुको परिक्षण गरेर मात्र दिनुपर्ने बताइन् ।
कार्यक्रममा बाग्मति प्रदेश संचार रजिष्टार कार्यालयका संचार रजिष्टर रेवती सापकोटाले बाग्मति प्रदेश सरकारले प्रदेशभित्र रहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने अभियान अन्र्तगत प्रदेशभित्रका पत्रकारहरुलाई मल्टिमिडिया तथा अनलाईन पत्रकारिता सम्बन्धी तालिम दिइएको बताए ।
५ दिनसम्म संचालन हुने तालिम शनिवारसम्म संचालन हुने छ । तालिमममा बाग्मति प्रदेशका १९ जनाभन्दा पत्रकारहरुको सहभागिता रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया