लमजुङमा जिप दुर्घटनामा तीनको मृत्यु
नुवाकोट । लमजुङमा बिहीबार साँझ बलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको प्रदेश नं ३ ०१–२२च१३८३ नंको बलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा परी स्याङ्जा घर भई सोही आयोजनामा कार्यरत वर्ष ३४ का यदुनाथ भट्टराई, उदयपुर–१ घर भएका वर्ष २६ का जिप चालक किशोर राई र तनहुँ भानु नगरपालिका–१० घर भएका वर्ष ४५ का प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी सुनसरीका सुनिलकुमार शाह, लमजुङका अनु घले र दोर्दीकै सुनिता विक घाइते छन् ।
जिप सडकबाट १ सय २० मिटर तल लेदेखोलामा खसेको थियो । घाइतेहरुको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । जिप पावर हाउसबाट कार्यालयतर्फ जाने क्रममा दुर्घटना भएको तथा के कति कारणले दुर्घटना भयो भन्ने कुरा खुलिनसकेको प्रहरी प्रमुख थापाले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया