नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
नुवाकोट । माघ महिनाको पहिलो कारोबार दिन आइतबार सेयर बजार हरियाली देखिएको छ । जलविद्यतु् बाहेकका सबै समूह बढेर हरियाली छाएका छन् भने सेयर कारोबरा मापक नेप्से परिसूचक २८.४६ अंकले उकालो लागेको छ ।
दिनभर भएका ५० हजार ६ सय ७ कारोबारबाट २०८ कम्पनीका १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् । जसमा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा कारोबार हुने मध्ये जलविद्युत समूह ७.२ अंकले ओरालो लागेको छ । अन्य समूह भने सबै बढेका छन् । बैंकिङ १ अंक मात्रैले बढ्दाखेरी व्यापार समूह भने सबै भन्दा धेरै बढेको छ । व्यापार समूहको परिसूचक ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
वाणिज्य बैंकको कारोबार चम्कियो
आइतबार कारोबार संख्या तथा कारोबार रकमका आधारमा समेत वाणिज्य बैंकहरु नै देखिएका छन् । वाणिज्य बैंकहरुकोमात्रै १३ हजार २५ कारोबारबाट ३८ लाख ४५ हजार ७ सय २८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम एक अर्ब ५१ करोड ५० लाख ८३ हजार ७ सय पुगेको छ ।
दोस्रोमा भने फाइनान्स कम्पनी देखिएको छ । फाइनान्स कम्पनीको २ हजार ५ सय ९९ कारोबारबाट ८ लाख १० हजार ५ सय १६ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने १९ करोड २२ लाख रुपैयाँ भन्दा धेरै भएको छ । यद्यपि, बैंक उपसमूह ०.०१ प्रतिशतले मात्रै उकालो लागेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया