जिल्ला सहकारी संघ नुवाकोटको अध्यक्षमा गोकर्णनाथ न्यौपाने चयन
नुवाकोट । जिल्ला सहकारी संघ नुवाकोटको अध्यक्षमा गोकर्णनाथ न्यौपाने चयन हुुनु भएको छ ।
संघको बुधबार सम्पन्न २८औ साधारण सभा तथा अधिवेशनले न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको हो ।
संघको उपाध्यक्ष शिबप्रसाद अधिकारी, सचिब प्रकाशकुमार अधिकारी, सहसचिब ओमप्रकाश श्रेष्ठ, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ चयन हुनु भएको छ ।
यस्तै, सदस्यहरुमा इन्दिरा मुडबरी, पबित्रा घिमिरे, धनकुमारी रिजाल, होमबहादुर तामाङ, सिता भट्टराई, नबिन्द्रमान प्रधान, कुलबहादुर खड्गी, भोजराज पनेरु, गोकर्ण रोक्का, सबिनराज भण्डारी, प्रदिप अधिकारी, बाबुराम अधिकारी, कृष्ण बहादुर धिताल, अर्जुनप्रसाद न्यौपाने, लक्ष्मण श्रेष्ठ, रामेश्वर खड्का रहेका छन् । साथै, नारायण श्रेष्ठको संयोजकत्वमा तिन सदस्यीय लेखा समिति चयन भएको छ ।
समितको सदस्यहरुमा सरिता मोक्तान र नवराज पाण्डे रहनुभएको छ ।
संघमा हाल २ सय ७५ वटा सहकारी सस्था सदस्य रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया