नुवाकोट र रसुवाको संगम वेत्रावतीमा पिण्डदान गर्नेको भीड
विदुर खबर
२०७७ पुष २९ गते १७:५६
नुवाकोट।नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतिमा पुसे औसीको अवसरमा दिवंगत पित्तृको सम्झनामा श्राद गर्नेहरुको वेत्रावतिमा भिड लागेको छ ।
पुसे औँशीक दिन बर्षमा नियमित श्राद्ध गर्न पर्नेमा विभिन्न कारणले गर्दा श्राद्ध रोकिएकाहरुले आज श्राद्ध गरेमा मोक्ष मिल्ने बताइन्छ । औसीको दिन श्राद्ध गर्न आउनेको घुइचो हुने आशंकामा विदुर नगरपालिकाले व्यवस्थापन पक्षमा ध्यान दिएको विदुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष गणेश नेपालले बताए ।
उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन बेत्रावतीमा आई पितृहरुलाई पिण्डदान गर्नाले पितृहरु मोक्ष मिल्छ भन्ने बिश्वासका साथ भक्तजनहरुको भीड लाग्ने गर्दछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया