प्रधानमन्त्री र मन्त्रीलाई बहिस्कार गर्न नेतृ झाँक्रीको आव्हान
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षकी नेतृ राम कुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र सरकार मन्त्रीहरुलाई बहिस्कार गर्न आव्हान गरेकी छिन् ।
विराटनगरमा आज आयोजित अखिलको जिल्लास्तरीय कार्यक्रममा बोल्दै उनले आन्दोलन शसक्त बनाउन प्रधानमन्त्री र उनका मन्त्रीहरुलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन् ।‘तपाईंलाई झण्डा आएर, चिह्न आएन भने के गर्नुहुन्छ ? त्यसैमा सति जानुहुन्छ ? तपाईंले बन्द गरेको पार्टी कार्यालयमा अरुले भोटो ताल्चा लगायो भने राजनीति छोड्नु हुन्छ की राजनीति बचाउनु हुन्छ ? ’ उनले भनिन्, ‘तपाईंको राजनीति बच्यो भने झण्डा, ब्यानर, आन्दोलन, इतिहास स्थापित गर्ने हामीले होइन् रु ढुङ्गामा चिह्न खोपेर ल्याएर आन्दोलन स्थापित गरेको हो र ?’
प्रधानमन्त्री ओली छलछाममा माहिर रहेको भन्दै यस्तोमा नलाग्न पनि उनले आग्रह गरेकी छिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया