आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
विदुर खबर
२०७७ पुष १५ गते ८:५५
नुवाकोट । आज देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै कर्णाली र गण्डकी प्रदेशको आकाशमा आज बादल लाग्ने सम्भावना छ ।
दिनभर बादल नलागे पनि पारिलो घाम पनि नलाग्ने उहाँले बताउनुभयो । तराईमा बिहानतिर एकछिन कुहिरो लाग्नेछ । दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । अरु ठाउँको मौसम आज सामान्यतया सफा नै रहने मौसविद् कँडेलले जानकारी दिनुभयो ।
राति पनि कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँको आकाशमा बादल लाग्नेछ । यसैबीच आज बिहान ६ बजे काठमाण्डौ उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया