नुवाकोटमा प्रचड-नेपाल समहुका युवाको मसाल जुलुस
नुवाकोट । प्रधानमन्त्रि के.पी शर्मा ओलिले असंवैधानिक कदम चालेर संसद विघटन गरेको भन्दै विरोध कार्यक्रम गरेको नेकपाका प्रचण्ड र माधव नेपाल समुहका युवाहरुले केहीवेरअघि विदुरमा मसाल जुलुस निकालेका छन् ।
रााष्टिय युवा संघ र अनेरास्वीयु नुवाकोटको आयोजनामा भएको मसला जुलुस बट्टारबाट विदुर पुगेर कोणसभामा परिणत भएको थियो । मसाल जुलुस निकालेका युवाहरु र प्रहरीबिच केही समय घम्साघम्सी समेत भएको थियो । घम्साघम्सीमा केही युवाहरु घाईते भएको बताइएको ।
कोणसभालाई सम्बोधन गर्दै युवासंघ नुवाकोटका नेता उद्धव पनेरुले सरकारले गरेको असंवैधानिक कदमको विरुद्धमा आफुहरु आन्दोलनमा उत्रिएको बताए । उनले आफुहरुको माग पुरा नभएसम्म आन्दोलनमा लागिरहने बताए । यस्तै अनेरास्वीयु नुवाकोटका सहसंयोजक विनोद कोईरालाले सकार सर्वसत्तावादतफै उन्मुख भएकोले आफुहरु सडकमा आउनु परेको बताए । उनले सरकारले संविधानको बलात्कार गरेकोले त्यसको रक्षाका निम्ती सबै युवाहरु एकजुुट हुनुपर्ने बताए ।
स्मरण रहोस नेकपा प्रचण्ड -माधव समुहले भोलि काठमाण्डौमा विरोध सभा आयोजना गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया